सिन्धुली साउन १ , चुकुप्रकाश
सिन्धुलीयन चौतारी समुहले गत साउन १ गते शनिवार सिन्धुलीमाडी स्थित सिन्धुली फास्ट फुड एण्ड पार्टी प्यालेस रातमाटामा एक बृहत कार्यक्रम सहित सिन्धुलीयन चौतारी संयुक्त गजल संग्रहको लोकार्पण गरेको छ | सिन्धुलीका ६९ जना गजलकारहरुको संयुक्त गजल संग्रह , प्रमुख अतिथि गीतकार एवं गजलकार प्रा.डा. कृष्णहरि बराल,कवी प्रोल्लास सिन्धुलिय र विभिन्न साहित्यिक सस्थाहरुका बरिष्ठ व्यक्तित्वहरुको हातबाट बिमोचन भएको थियो |
गज़लकार हरिकिशोर कार्कीको स्वागत मन्तव्य संगै सुरु भयको उक्त कार्यक्रमको संचालन रेडियो सिन्धुलीगढ़ीका रेडियो प्रस्तोता ध्रुबचन्द्र खड्काले गर्नुभयको थियो भने कार्यक्रममा वांगमय प्रतिस्थान को अधक्क्ष्य अन्जुल ढकाल,गजल सरोबरका अध्यक्ष बरुण लामिछाने साथै विभिन्न रेडियोका संचालक साहित्य हस्ती र बुद्दिजिविहरुको मन्तब्य रहेको थियो बिमोचित पुस्तकमा सहियित्यकार प्रशिद्दा शर्माले समीक्षा गर्नु भयको थियो
लगत्तै संग्रहको र कार्यक्रम संयोजक सानुबाबु मल्लले पुस्तकबारे प्रकाश पार्नुभायाको थियो. यस संग्रहको लागि हामीले धेरै कोसिश गरेपनि केहि सर्जकहरु छुटेको मा आफुहरुलाई दुख लागेको साथै यस समुहलाई सस्थाको रुपमा बिस्तारित गरि सिन्धुली साहित्य बिकासको लागि, समाज सेवा र अन्य विभिन्न कुराहरुमा अगाडी बढ्ने उदेश्य रहेको पनि खुलाएका छन्
लामो समयदेखि प्रबासबाट साहित्य लेखानमा रहेका र देशमै रही गजल लेख्दै गरेका साहित्यकारहरु
सिन्धुलियन युनिक,केशब समिर,नबिन संघर्ष, मोहन सुनुवार,बिष्णु गौतम,सानुबाबु मल्ल,सुनिल जलन,हिराकाजी श्रेष्ठ,दिपक हमाल,कृष्ण कुसुम,गोबिन्दराज शिवाकोटी,निश्चल तामाङ , भरत थापा,रामकाजी रानामगर बिन्दा लामा,शारदा पहाडी,हरिकिशोर कार्की कपिल श्रेष्ठ,बेगराज मगर,सागर ठकुरी,निशा खड्का र सुमित्रा ठकुरीले सयुक्त रुपमा प्रकाशन गरेका हुन्
कार्यक्रममा प्रमुख अतिथि र विशिष्टअतिथिलाई सम्मान गर्दै सम्पूर्ण सर्जक हरुलाई पुस्तक बितरण साथै खादा ओढाएर सम्मान पनि गरिएको थियो
प्रमुख अतिथि कृष्णहरि बराल ले नवआगन्तुक गजलकारहरुलाई गजल कसरि लेख्ने भन्ने बारे पनि प्रकाश पार्दै आफ्नो जन्मभूमिमा आएर सम्मानित हुन पाउदा एकदमै खुशी लागेको कुरा पनि ब्यक्त गर्नु भयो| भने विशिष्ट अतिथि प्रोल्लास सिन्धुलीय ले सिन्धुलिमा छरिएर रहेका साहित्यकारहरुलाई एउटै पुस्तकमा समेट्न सफल भयकोमा बधाई साथै शुभकामना पनि ब्यक्त गर्नुभएको थियो |
दुई दर्जनभन्दा बढी साहित्यकारहरुले आ-आफ्नो रचना बाचन गरेपश्चात उक्त कार्यक्रमका सभापति सिन्धुलीयन युनिकले आफ्ना केहि महत्वपुर्ण भनाईहरुका साथ पुस्तक प्रकाशनामा आएका विभिन्न टिका टिप्पणी हरुलाई खुलस्त पार्दै फेरिपनि यस्तै गरि अन्य कार्यक्रमहरु लियर अगाडी बढ्ने हौसला पाएको र निरन्तर साहित्य बिकाशको लागि लागिपर्ने बताउदै कार्यक्रमको समापन गर्नुभएको थियो |
फोटो फिचर
स्रोत : http://chukuprakash.com/
Post a Comment