0
सिङ्गो देश खत्रामा परेको छ हाम्रो!
युवा हरु बिदेश मा झरेको छ हाम्रो|
छदैछैन सुख सँग बाच्नु हामी लाई!
खुशी त डा-डा परि सरेको छ हाम्रो|
नेता भनौदा कुर्चिखेलमा व्यस्थ हुँदा!
युवा बिदेशी झेलमा मरेको छ हाम्रो|
छैन मान सम्मान रक्षा सुरक्षा यहाँ!
चोर डाँका ले चलान गरेको छ हाम्रो|
पसिनाको मुल्य पाउन कोटकचेरी मा!
काल को नदी युवाले तरेको छ हाम्रो|
सुरेशकुमार पाण्डे!
१९-७-२०१६,

Post a Comment

 
Top